महोत्तरीका सबै पालिकाको मतगणना सकियो

महोत्तरी, ८ जेठ । महोत्तरीको १५ वटै पालिकाको मतगणना आज सकिएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लाको आज स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्यक्रम सम्पन्न भएको छ । 

सम्पन्न मतगणना परिणामअनुसार जिल्लाका पाँच स्थानीय तहमा जनता समाजवादी पार्टी नेपाल, पाँच स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी, दुई स्थानीय तहमा नेपाली कांग्रेस र एकरएक स्थानीय तहमा नेकपा (एमाले), तराई मधेस लोकतान्त्रिक पार्टी तथा एक स्थानीय तहमा स्वतन्त्रले विजय प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत खरेलले बताए । उनका अनुसार जिल्लाको जलेश्वर नपा, गौशाला नपा, पिपरा गापा, एकडारा गापा र सम्सी गापाको नेतृत्व जसपा नेपालले प्राप्त गरेको छ । 

त्यस्तै जिल्लाको भङ्गाहा नपा, औरही नपा, बलवा नपा, मटिहानी नपा र सोनमा गापामा लोसपा नेपालले नेतृत्व प्राप्त गरेको छ । जिल्लाको मनरासिस्वा नपा र लोहारपट्टी नपामा नेपाली काँग्रेसले नेतृत्व पाएको छ । सोही क्रममा जिल्लाको रामगोपालपुर नपामा एमाले, महोत्तरी गापामा तमलोपा र बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार (जेब्रा छाप) ले नेतृत्व प्राप्त गरेका छन् ।

महोत्तरीको १५ स्थानीय तहमध्ये १२ मा प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष दुवै एउटै पार्टी (प्यानल) बाटै निर्वाचित भएका छन् भने तीन स्थानीय तहको परिणाम मिश्रित आएको छ । मिश्रित परिणाममा जिल्लाको भङ्गाहा नपामा प्रमुखमा लोसपा र उपप्रमुखमा काँग्रेस, बलवा नपा प्रमुखमा लोसपा र उपप्रमुखमा काँग्रेस र महोत्तरी गापा अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । 

समग्रमा जसपा पाँच प्रमुख–अध्यक्ष र ६ उपप्रमुख–उपाध्यक्ष, लोसपा पाँच प्रमुख–अध्यक्ष र तीन उपप्रमुख–उपाध्यक्ष, एमाले एक प्रमुख–अध्यक्ष र एक उपप्रमुख–उपाध्यक्ष, स्वतन्त्र एक प्रमुख–अध्यक्ष र एक उपप्रमुख–उपाध्यक्ष र तमलोपाका उम्मेदवार एक अध्यक्षमा विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्