जनकपुरधाम, ८ जेठ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका सुखदेव यादव निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारलाई पराजित गरी यादव विजयी भएका हुन् । निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याउँदा पजियारले ७ हजार ३ सय मत प्राप्त गरेका छन् ।
प्रमुख पद एमाले जिते पनि उपप्रमुखमा नेपाली कांग्रेसले जित निकालेको छ । उपप्रमुखमा कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सालिनी चौधरीलाई पराजित गरेकी हुन् । श्रेष्ठले ७ हजार ५५० मत पाउँदा चौधरीले ७ हजार ५११ मत प्राप्त गरेकी छन् ।