ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

कैलाली, ८ जेठ । कैलालीको गौरीगंगा नगरपालिका–३, कुचौनीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते छिन् ।

प्रहरिका अन्सुअर आज बिहान कुचौनीस्थित पूर्व–पश्चिम राजमार्गमा से१त ६८२७ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो । घाइते भएकी स्कुटरमा पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको छ ।

उक्त ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021