बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस विजयी

बाजुरा, ८ जेठ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनअन्तर्गत बाजुराका आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् ।

जिल्लाका नौ पालिकामध्ये नेकपा ९(एमाले)ले दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच पालिकामा विजयी हासिल गरेको छ । उसले बडीमालिका र बूढीनन्दा नगरपालिकासहित जगन्नाथ, गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गरेको हो ।

नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका जितेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित ६ पालिका र जिल्ला समन्वय समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका जितेको थियो । हालको निर्वाचनमा कांग्रेसले तीन पालिकामा चित्त बुझाउनुपरेको छ । एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समितिमा पनि एमाले विजय हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021