मधेशका १२२ पालिकाको मत परिणाम सार्वजनिक: एमालेको उत्कृष्ट ‘कमव्याक’

वीरगञ्ज, ८ जेठ । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा को मतपरिणाम आइसक्दा नेपाली कांग्रेस पहिलो दल बनेको छ । विगतका निर्वाचनमा तराई प्रदेशमा एमाले कमजोर थियो । तर अहिले एमालेले उत्कृष्ट कमव्याक गरेको छ । पाँचौ स्थानमा विगतमा रहेको एमाले अहिलेको निर्वाचनमा दोस्रो बन्न सफल भएको छ ।

मधेश प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ । नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले २३ पालिका प्रमुख र २३ वटै पालिकामा उपप्रमुख जितेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । उसले २० पालिका प्रमुख र २२ वटा पालिकाको उपप्रमुख जितेको छ ।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहले नै शुरुदेखि अग्रता कायम गरेका छन् । लोसपाले ९/९ वटा पालिका प्रमुख र उपप्रमुख, माओवादीले ९ पालिका प्रमुख र ८ उप प्रमुख, नेकपा एकीकृत समाजवादीले ४ प्रमुख र ३ उपप्रमुख, सिके राउतको जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख, तमलोपा, विवेकशील र स्वतन्त्रले १र१ वटा पालिका प्रमुखरउपप्रमुख जितेका छन् ।

११५६ वडाहरुको मत परिणम आउँदा नेपाली कांग्रेस नै अगाडि छ । कांग्रेसले ३८६, एमालेले २४३, जसपाले २०२, माओवादी केन्द्रले १२९, नेकपा एकीकृत समाजवादीले ७०, लोसपाले ८१, स्वतन्त्र १८, जनमत १३, राप्रपा ६, तमलोपा ३, विवेकशील २, जनमत, सुशासन र लोकतान्त्रिकले १र१ वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021