१३ वर्षीया अपाङ्गता भएकी नाबालिका जबरजस्ती करणीबाट सुत्केरी, आरोपी फरार

काठमाडौँ, ८ जेठ । भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन । 

अपाङ्गता भएकी नाबालिका आफ्नै घरको गोठमा रहेको बेला गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेका थिए । त्यसबाट गर्भ रहन गई गत फागुन १४ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्मिएको हो। नाबालिका बलात्कृत भएर बच्चा जन्मिएको करिब चार महिना हुन लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडितका बाबुले दुःख व्यक्त गर्नुभयो। घटनाबारे पीडित नाबालिकाका बुबाले २०७८ पुस १९ गते नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका थिए।  प्रहरीका अनुसार घटनाका सम्बन्धमा गाउँमा चर्चा चलेपछि त्यही समयदेखि नै अभियुक्त राई फरार छन् ।

पीडितका बुबाका अनुसार ३६ वर्षका अभियुक्त राईले गोठमा जबरजस्ती करणी गरेका थिए । घटना भएको लामो समयसम्म पीडक पक्राउ नपर्दा घटना ढाकछोप हुनसक्ने पीडितका आफन्त तथा स्थानीयको गुनासो छ। जिल्ला अदालत भोजपुरको आदेसानुसार प्रहरीबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी राईको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021