आजको मौसम

काठमाडौँ, ८ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।  

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ्बाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुनेभन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ ।
 
चट्याङ् ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोखिन सकिने प्राधिकरणले जनाएको छ । चट्याङ्बाट बच्न गड्यागुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ । 
 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ । आइतबार

काठमाडौँ, २२ साउन । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी

काठमाडौँ, २२ साउन । थप ५५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार १ सय

काठमाडौँ, २२ साउन । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021