सबै प्रदेशमा काँग्रेस पहिलो

काठमाडौँ, ८ जेठ । स्थानीय तह निर्वाचनको दुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक  हुँदा  नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  ।

शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ  भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।

मधेस प्रदेशबाहेक अरू  सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी  स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा  भने ३६ प्रतिशत  स्थानीय  तहमा  काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको घोषणाअनुसार एमालेले  गण्डकी  प्रदेशमा  सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा  आफ्ना  उम्मेदवारलाई जिताउन  सफल  भएको छ  ।

गण्डकी प्रदेशमा काँग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२/४२ प्रतिशत बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५/३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021