शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

काठमाडौँ, ८ जेठ । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् ।

१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन आइपुगेको हो । वर्ल्ड एजुकेशन फोरमको आयोजनामा लण्डनमा ४ दिन सम्म चल्ले सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।  मन्त्री पौडेल सहितको टोली लण्डनस्थित विमानस्थल उत्रिँदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।

सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, उपसचिव घनश्याम अर्याल समेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए । एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँग समेत भेटघाट गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021