बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

झापा, ७ जेठ । बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्राउ गरेको हो । उनले मंगलबार १४ वर्षीया एक बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनी स्थानीय तह सदस्य निर्वाचन ०७९ मा झापाबाट म्यादी प्रहरी बनेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ

काठमाडौँ, १ भदौ । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् । उनले मंगलबार

काठमाडौँ, १ भदौ । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर

काठमाडौँ, ३१ साउन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् । अमेरिका, युके, जापान,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021