विराटनगर, ७ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको दावी गर्नुभएको छ ।
अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभो, ‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो । बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो। यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो ।’
मोरङमा भोगेको असफलतालाई भने कोइरालाले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन नहुँदा मोरङमा केही स्थान हामीले लुज गर्यौं । तर, देशव्यापी रूपमा हेर्दा गठबन्धन नभएकै ठाउँमा हामीले धेरै जितेका छौं ।’
तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ । रंगेली र सुन्दरहरैंचामा पनि एमालेकै अग्रता छ । कांग्रेस भने रतुवामाई नगर र विराटनगरमा सीमित भएको छ ।