हुम्ला, ७ जेठ । बच्चा जन्माएपछि स्वास्थ्य अवस्था बिग्रिएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएकाे छ ।
अत्यधिक रक्तश्राव भएपछि १ लाख ३५ हजार हेलिकप्टर भाडा तिरेर चंखेली गाउँपालिका -५ नेप्का ३५ वर्षीया तुला तामाङलाई हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्लामा ल्याइएको हो ।
तामाङ तीन दिनअघि सुत्केरी भएकी उनी अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुग भएको आफन्त जसिलाल तामाङले जानकारी दिए । ऋण सापटी मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेकाे तामाङकाे भनाइ छ ।