काठमाडौँ, ७ जेठ । स्थानीय तह निर्वाचन अन्र्तगत अन्तिम परिणाम आएका पालिकाको सङ्ख्या ६ सय ९२ पुगेको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ६ पालिका प्रमुख र २ सय ८१ पालिकाको उपप्रमुख जितेको छ । नेकपा एमालेले १ सय ८८ पालिका प्रमुख र २ सय १२ उप–प्रमुख जित्दा नेकपा ९माओवादी केन्द्र०ले १ सय १९ प्रमुख र १ सय २१ उप–प्रमुख जितेको छ ।
जनता समाजवादी पार्टी ९जसपा०ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उपप्रमुखमा चित्त बुझाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका प्रमुख र ९ उप–प्रमुख जित्दा अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २७ पालिका प्रमुख तथा १८ उप–प्रमुख जितेका छन् ।