६८४ स्थानीय तहको परिणाम सार्वजनिक: पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी

काठमाडौँ, ७ जेठ । वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रममा शनिबार बिहान ५ बजेसम्ममा कुल ७५३ स्थानीय तहमध्ये ६८४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

एक महानगर, पाँच उपमहानगरसहित ६८४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो । पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख पदमा ३०४ स्थानमा जित निकाल्दै पहिलो पार्टी बनेको छ । उसले उपप्रमुख पदमा २७९ स्थानमा विजयी हासिल गरेको छ । कांग्रेस अझै १९ स्थानीय तहको प्रमुखमा अगाडि छ भने उपप्रमुखमासमेत १९ नै स्थानमा अग्रता लिएको छ ।

दोस्रो दल बनेको नेकपा एमालेले १८६ स्थानीय तहको प्रमुखमा बाजी मारेको छ । उसले १७ तहको प्रमुखमा अग्रता लिएको छ । २१२ स्थानीय तहको उपप्रमुख जितेको एमाले २७ स्थानमा अगाडि छ । तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले ११६ स्थानीय तहको प्रमुख पद जितेको छ भने १२० स्थानमा उपप्रमुख जितेको छ । प्रमुखमा सात स्थानमा अगाडि रहेको माओवादी उपप्रमुखमा आठ तहमा अगाडि छ ।

जनता समाजवादी पार्टीले २३ स्थानीय तहको प्रमुख जितेको छ भने ११ स्थानमा अगाडि छ । नेकपा एकीकृत समाजवादीले १७ पालिकामा प्रमुख जितेको छ भने दुई स्थानमा अग्रता लिएको छ । तराई केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीले १० ठाउँमा प्रमुख पदमा जित्दा ६ ठाउँमा अग्रता कायमै राखेको छ। विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलले २६ स्थानीय तह जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021