विराटनगर महानगरपालिकाको मेयर काँग्रेस र उपमेयमा एमाले विजयी

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेका शिल्पा कार्की विजयी हुनुभएको छ ।

गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो हुनुभयो ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी हुनुभएको छ । उहाँले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी हुनुभयो । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाउनुभयो । गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको टिप्पणी गर्नुभएको छ । आइतबार

काठमाडौँ, २२ साउन । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी

काठमाडौँ, २२ साउन । थप ५५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९० हजार १ सय

काठमाडौँ, २२ साउन । संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्सँग ‘कुनै सुझावै नलिई हचुवाकै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021