बारा, ६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा एमाले विजयी भएको छ ।
सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका हुन् । मेयरमा एमालेका विनोद साहले २२ हजार ९६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश राय यादवले १६ हजार ८७६ मत प्राप्त गरी पराजित हुनुभयो । उपमेयरमा एमालेकी रौशन परविन विजयी हुनुभएको छ । उहाँले १७ हजार ३३५ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी जनता समाजवादीका प्रमोद गुप्ताले १६ हजार ७७० मत प्राप्त गर्नुभयो ।
२०७४ को चुनावमा कलैयाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो । यसअघि एमालेले दाङको घोराहीमा गठबन्धनलाई हराएर जित हात पारेको थियो ।