साइपल गाउँपालिकामा एमालेको सनदार जीत: हालसम्म एमाले पहिलो र कांग्रेस दोस्रो

बझाङ, १ जेठ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित गर्नुभयो । यो सँगै पाँच दलीय गठबन्धनलाई अर्को झड्का लागेको छ ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहांका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याउनुभयो । यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी हुनुभएको छ । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ । यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको छ ।

एमालेबाट यस अघि सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु, मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले, मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरूङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्वर्वु गुरूङ र डोल्पाको से फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी हुनुभएको छ ।

त्यस्तै कांग्रेसबाट मनाङको नार्पा भूमी गाँउपालिका कोन्जो तेन्जीङ लामा, मनाङको नासोँ गाउँपालिकास् धनबहादुर गुरुङ, मुस्ताङको घरपोझङ गाउँपालिका मोहनसिंह लालचन, गुल्मीको रेसुङ्गा नगरपालिकामा खिलध्वनज पन्थी, गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्की, गुल्मीको गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउद विजयी हुनुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट डोल्पाको छार्का साङतोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ, डोल्पाको काइके गाउँपालिका अध्यक्ष अंगदकुमार राना विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द्रबाट डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिङ रोकाय र दैलेखको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी वीजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021