गृहजिल्लामा प्रचण्डलाई लाग्यो झड्का: एमाले दुई स्थानमा प्यानलै विजयी

चितवन, १ जेठ । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका–११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । यो सँगै प्रचण्डलाई आफ्नो गृहजिल्लामा झड्का लागेको छ ।

कालिका‘११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी हुनुभएको छ । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याउनुभएको छ । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

राप्ती–६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले विहिवार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

एजेन्सी, ११ जेठ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले

काठमाडौँ, ११ जेठ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन्

काठमाडौँ, ११ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021