नेपाली कामदारको नयाँ गन्तव्य बन्दै सर्बिया

काठमाडौँ, १ जेठ । नयाँ थपिएको श्रम गन्तव्य मुलुक सर्बियामा नेपाली कामदारको आकर्षण देखिएको छ । वैदेशिक रोजगारीका लागि बाध्यतावश विदेश जाने नेपाली कामदारको रोजाइमा नयाँ श्रम गन्तव्य मुलुक सर्बिया पर्न थालेको हो ।

अहिले विभिन्न मेनपावरमा पुग्ने युवाले भर्खर थप भएको नयाँ श्रम गन्तव्यमूलक सर्बियामा जाने अवसर मिलाइदिन आग्रह गरिरहेको सम्बन्धित सरोकारवाला एवं वैदेशिक रोजगार व्यवसायीले बताएका छन् । उनीहरूले हाल धेरै युवाले भर्खर थप भएको सर्बियामा जाने प्रक्रिया छिटो अघि बढाउन माग गर्नेहरूको सङ्ख्या अत्यधिक बढेको बताएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा भर्खर  नयाँ श्रम गन्तव्य राष्ट्र सर्बिया थप भएको हो । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३ को उपदफा ३ बमोजिम मित्रराष्ट्र सर्बियामा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो। आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021