सूर्यविनायक नगरपालिकामा ७५ प्रतिशत मत खस्यो

भक्तपुर, ३० बैशाख । आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको सूर्यविनायक नगरपालिकामा ७५.०२ प्रतिशत मत खसेको छ ।

विहान ७ बजेदेखी शुरु भएको मतदान साँझ ५ बजेसम्ममा ७५.२ प्रतिशत मत खसेको हो । जसमा वडा नं. १ मा ४१४८, वडा नंं. २ मा ३५३३, वडा नं. ४ मा २६०७, वडा नं. ४ मा ४४८९, वडा नं. ५ मा ५१०५, वडा नं. ६ मा १७७४, वडा नं. ७ मा ३६२१, वडा नं. ८ मा ३८२३, वडा नं. ९ मा ३१३७ र वडा नं. १० मा ३२९३ रहेको छ । नगरपालिकामा जम्मा मतादाता ४७ हजार ३५७ रहेको थियो भने जम्मा खसेको मत ३५ हजार ५ सय ३१ रहेको छ । खसेको मत प्रतिशत भने ७५.०२ रहेको छ ।

नगरपालिका अन्तरगत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा नं. २ को महेन्द्र शान्ती माविबाट करिव १२ बजे मतदान गर्नुभएको थियो । त्यस्तै एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वडा नं. ७ को वडा कार्यालयमा १०ः३० बजे मतदान गर्नुभएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनको मतदानअन्तर्गत चार स्थानीय तहमा ७५ दशमलव ७५ अर्थात् १ लाख ४३ हजार ६ सय २३ मत खसेको हो । यहाँ १ लाख ८९ हजार ५ सय ८४ मतदाता छन् । ७७ मतदान स्थलको २ सय १९ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।