सुर्खेत, ३० बैशाख । सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा किचेर एक जनाको मृत्यु भएको छ ।
प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढल्दा वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो ।
पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए ।