निर्वाचन आयोगको निष्कर्ष : चुनावमा आवश्यक सुरक्षा प्रवन्ध गर्न सकिएन

काठमाडौँ, ३० बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको निष्कर्ष निकालेको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताउनुभयो । देशभरको औषतमा ६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको अनुमान गरिएको उल्लेख गर्दै उहाँले आधिकारिक तथ्यांक आउने क्रममा रहेको जानकारी गराउनुभयो ।

पत्रकार सम्मेलनमा थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरूको पूर्ण सहयोग नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकै चरणमा निर्वाचन गर्नु परेका कारण अलिकति भनेजस्तो सुरक्षा बन्दोबस्त हुन नसकेको हो कि भन्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका बीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनु पर्ने हो तदनुसारको नहुँदा र त्यो अनुसारको व्यवस्थापन नहुँदा, साना कुरामा पनि विवाद सृजना भइ त्यसले उग्ररूप लिँदा त्यसप्रति आयोग चिन्तित बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा