देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान चल्दै : निर्वाचन आयोग

काठमाडौँ, ३० बैशाख । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, सुत्केरी लगायतको पनि उत्साहजनक सहभागिता छ । 

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान सुरु भएको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021