काठमाडौँ, २९ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गर्नुभएको छ ।
बिहीबार साँझ एक भिडियो सन्देशमार्पत प्रधानमन्त्री देउवाले निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नि गर्न सरकारले सम्पूर्ण व्य वस्थापन चुस्त दुरुस्त बनाएको दावी गर्नुभयो । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संयस्थागत विकासमा योगदान पुर्या उन हुन उहाँले सबैमा अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसित मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण देशवासीहरुमा हार्दिक अपील गर्दछु । निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्नआ गर्न सरकारले सम्पूर्ण व्यरवस्थापन चुस्त दुरुस्त बनाएको छ । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संफस्थागत विकासमा योगदान पुर्या उन हुन म सबैमा अनुरोध गर्दछु ।’