निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई ८ घण्टे स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो । ‘यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो  निर्वाचन आचारसंहिता विपरित हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको समयले आठ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ’ आयोगले पठाएको स्पष्टीकरणमा भनिएको छ । 

बिहीबार विहान माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको उजुरी प्रचण्डमाथि गरेको थियो । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहेका व्यक्तिको पक्षमा मत मागेको पनि आयोगले जनाएको छ । यसबारे जानकारी आयोगबाट खटिएको विशेष अनुगमन टोली, सुक्ष्म अनुगमन टोली र सुरक्षा निकाय समेतबाट प्राप्त हुन आएको आयोगको भनाइ छ।  

मौन अवधिमा प्रचण्डबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरणको’ उल्लङ्घन भएको आयोगको ठहर छ । सोही प्रकरणमा आयोगले बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंह, चितवनमा प्रहरी प्रमुख नवराज अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ। 

No description available.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021