ताप्लेजुङ, २९ बैशाख । ताप्लेजुङको मिक्वाखोला-१ खोक्लिङमा एक जना युवककाे शव फेला परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार दाेभानबाट खाेक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीकाे दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएकाे हाे ।
उक्त घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी प्रहरीले जनाएको छ ।