भक्तपुरमा कांग्रेसले ‘अराजक, गुण्डागर्दी तथा गलत सूचना’ सम्प्रेषण गर्यो: एमाले

भक्तपुर, २९ बैशाख । भक्तपुरमा नेपाली कांग्रेसले सत्ताको आडमा अराजक, गुण्डागर्दी शैलीमा प्रस्तुत भएको भन्दै नेकपा एमालेले सूर्यविनायक नगरपालिका वडा नं. ५ कमिटीले आपत्ती जनाएको छ ।

कांग्रेसले गलत सूचना सम्प्रेषण गर्दै एमालेका नेता तथा कार्यकर्ताहरुले मौन अवधिमा पैसा बाढ्न हिडेको भन्दै जनताको माझमा गलत सूचना तथा अफवाह फैलाएको भन्दै एमालेले कडा शब्दमा आपत्ती जनाएको हो । सञ्चार माध्यमहरुमा ‘पैसा बाढ्न हिडेका एमालेका वडाध्यक्षका उम्मेदवार र वडा सदस्य कटुञ्जेमा नियन्त्रणमा’ भन्ने शिर्षकमा गलत समाचार सम्प्रेषण गराई मतदातामा भ्रम सिर्जना गरेको एमाले वडा कमिटीले आपत्ती जनाएको छ । उक्त घटनामा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई समेत जोडेर प्रचार गर्नु कांग्रेसको अप्रत्यक्ष रुपमा हारको स्वीकारोक्ती भएको एमालेले जनाएको छ ।

स्थानीयवासी सुजन तोयाना २७ गते स्कुटर दुर्घटनामा परि घाइते हुनुभएको र उहाँको मध्यपुर अस्पतालमा उपचाररत घाइतेलाई भेट्न तथा स्वास्थ्य अवस्था बुझ्न गएको एमालेले स्पष्ट पारेको छ । उक्त समयमा कांग्रेसका नेता तथा कार्यकर्ताले अराजक तथा गुण्डागर्दी शैलीमा घाइतेको अवस्था बुझी फर्कने क्रममा घाइतेको घरभन्दा करिव ३०० मिटर दक्षिण घट्टेखोलामा आइपुग्दा ४ वटा मोटरसाईकलमा आएर एमालेका उम्मेदवार तथा निवर्तमान वडा सदस्य मनोज थापाको गाडी खानतलासी समेत गरेको तर उक्त क्रममा केही पनि नभेटेको भन्दै एमालेले आक्रोस व्यक्त गरेको छ । उक्त क्रममा कांग्रेसका कार्यकर्ताहरुले अपशब्द तथा अपमानजनक शब्दहरु प्रयोग गरेको भन्दै एमालेले आपत्ती जनाएको छ ।

कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष राजु थापाको भाई प्रदिप थापासहितको समूहले निवर्तमान वडा सदस्य तथा एमालेको तर्फबाट तर्फबाट प्रत्यासी रहनुभएका मनोज थापालाई सांघातीक आक्रमण गरी घाइते बनाएको एमालेले जनाएको छ । कांग्रेसले गलत सूचना सम्प्रेषण गरी एमालेका आम शुभेच्छुकलाई भ्रममा पार्ने प्रयास गरेकोले भ्रममा नपर्न आम मतदातालाई एमाले वडा कमिटीले अपिल समेत गरेको छ । त्यस्तै प्रत्यासी अध्यक्षका उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष राजकुमार जोशीले कांग्रेसले चुनावमा झुटको राजनीतिक फण्डामात्र मच्चाएको भन्दै आक्रोस जनाउनुभयो । आम मतदाताहरुलाई भ्रममा नपर्न समेत उहाँले हार्दिक अपिल गर्नुभयो ।

भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा दुवै पक्ष रातको समयमा हिडेको तर एमालेका उम्मेदवारहरुले पैसा बाढेको भन्ने प्रमाण नभएको बताउनुभयो । दुवै पक्षको दावी फरक फरक भएता पनि पैसा बाँढेको प्रमाण पुग्ने कुनै पनि ठोस आधार नभएको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसको उक्त गतिविधिलाई कडा शब्दमा खण्डन गर्दै एमाले निकट राष्ट्रिय युवा संघको युथ फोर्सका जिल्ला प्रमुख रविन थापाले कांग्रेस तथा उक्त मिडियालाई प्रमाणीत गरेर देखाउन चुनौति दिनुभएको छ । उहाँले एमालेको विरुद्धमा निकालिएको समाचारलाई आफ्नो सामाजिक सञ्जालमा राख्दै भन्नुभएको छ, ‘नेमकिपाका तानाशाही पार्टीका भरौटे पत्रिकाले कसैको चरित्र हत्या गर्न यथार्थ नबुझि जे नि लेख्दिने ? कति पैसा कुन घरमा वा गाडीमा बरामद भयो ? प्रमाण छ ?’

त्यस्तै सोही वडा निवासी मधु थापाले पनि कांग्रेसको उक्त घृणित कार्य भएको भन्दै दोषी माथि कडा कारवाहीको माग गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हाम्रो सूर्यविनायक नगरपालिका वडा नं. ५ का पूर्वनगर सदस्य तथा वडा सदस्यका उम्मेद्वार मनोज थापालाई काँग्रेसका अराजक र उद्धण्ड कार्यकर्ताले जाँड खाएर हातपात गरेको छ । तत्काल प्रहरी प्रसासनले दोषिलाई कार्बाही गरोस अन्यथा पार्टीले र कटुन्जेबसी जन समुदायले नै प्रतिरोध गर्नु पर्ने स्थिति सिर्जना नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । रौतहटको गरुडा नगरपालिकामा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन्

काठमाडौँ, १२ जेठ । स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता

काठमाडौँ, १२ जेठ । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र

काठमाडौँ, ११ जेठ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021