कैलाली, २८ बैशाख । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पमापन केन्द्र सुर्खेतकाका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।