‘संविधानले दिएको अधिकार राजनीतिक दलले दिएनन्’

काठमाडौँ, २८ बैशाख । लामो समयसम्मको मुलुकको व्यवस्था परिवर्तन तथा राजनीतिकको विकृति र विसंगतिलाई हटाउन महिलाको आन्दोलन, त्याग र वलिदानीबाट नयाँ संविधान बन्यो । जहाँ महिलाको हक र अधिकार संवैधानिक रुपमा प्राप्त भयो । तर संविधानिक रुपमा प्राप्त अधिकारको कार्यान्वयन भने अपेक्षाकृत हुन सकेको छैन । त्यसमा पनि सवैभन्दा बढी राजनीतिक दलमा अधिकार हनन् भएका घटनाहरु भेटिएका छन् ।

यसै क्रममा राष्ट्रिय महिला आयोगका आयुक्तहरुको टोली पाँचथरको स्थानीय तहमा महिला अधिकारहरुको बारेमा अनुगमन गर्न गएको छ । अनुगमनका क्रममा संविधानमा नै ग्यारेन्टि गरिएको स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी व्यवस्थालाई राजनीतिक दलले उपेक्षा गरेका छन् । संविधानलाई नै नजरअन्दाज गर्नेमा सवैभन्दा बढि सरकारवादी पाँच दलीय गठबन्धनमा बढी रहेको महिला आयोगको ठम्याई रहेको छ ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिकामा गठबन्धनले प्रमुख वा उपप्रमुखमा महिला उम्मेदवार उठाएको छैन । फिदिममा एमाले तथा गठबन्धन दुवैले उपप्रमुख पदमा पुरुषको नै उम्मेदवारी दिएका छन् । आठ वटा स्थानीय तह रहेको पाँचथरमा एमालेले सात वटामा उपप्रमुखमा महिलाको उम्मेदवारी दिएको छ भने प्रमुख पदमा भने शुन्य रहेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनको तर्फबाट फिदिम नगरपालिकाको प्रमुख पदमा मित्र काफ्ले उम्मेदवार बनेका छन् भने उपप्रमुख पदमा राधाकृष्ण न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले पुन्यमाता घिमिरे, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चले सुनिता केरुङ, जसपाको एक पक्षले भावना इङ्वालाई उम्मेदवार बनाएको छ । बाँकी सात वटै गाउँपालिकामा गठबन्धनले दुवै पदमा पुरुषको उम्मेदवारी दिएको छ । यसबाट अधिकारको हस्तक्षेपमात्र नभई महिला भोट दिन र पुरुष भोट लिने भन्ने देखिन्छ ।

यसै सवालमा महिला आयोगले प्रदेश स्तरिय राजनीतिक दलहरुसँग छलफल गर्यो । छलफलमा जे जसरी दलहरु प्रस्तुत भएता पनि घुमाउरो भाषामा महिलाको अधिकारलाई खोसिएको छ । राजनीतिक दलले नै बनाएको संविधान मान्न तयार नभएको प्रष्ट देखिएको आयोगको बुझाई रहेको छ । त्यस्तै याङबरक गाउँपालिकामा गठबन्धनले अध्यक्षमा अविन्द्र योङ्या र उपाध्यक्षमा अर्जुन बेघालाई उम्मेदवार बनाएको छ । त्यस्तै एमाले र जसपाले अध्यक्षमा सुवास योङ्या र उपाध्यक्षमा दावा मेन्याङ्वोलाई बनाएको छ ।

फालेलुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा विर विक्रम थाम्सुहाङ र उपाध्यक्षमा मेहेन्द्रहाङ जवेगुलाई उम्मेदवार बनाएको छ । हिलिहाङ गाउँपालिकाबाट एमालेबाट अध्यक्षमा भवानी प्रसाद लिङ्देन र उपाध्यक्षमा सुमित्रा उप्रेती सेडाईलाई उम्मेदवार बनाएको छ । त्यस्तै गठबन्धनबाट अध्यक्षमा समर अधिकार र उपाध्यक्षमा भवानी प्रसाद लिङ्देन उपाध्यक्षमा उम्मेदवार बनाइएको छ । फाल्गुनन्द गाउँपालिकामा एमाले र जसपासँग तालमेल गरी अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिला उम्मेदवार बनाएको छ । गठबन्धनबाट अध्यक्षमा बज्रहाङ आङ्देम्बे र उपाध्यक्षमा ठाकुरसिंह नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै गठबन्धनबाट कुम्मायक गाउँपालिकामा अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्षमा महेन्द्र बहादुर खड्कालाई उम्मेदवार बनाएको छ । यहाँ एमालेले अध्यक्षमा भिम प्रसाद सम्वाहाम्फे र उपाध्यक्षमा सीता आचार्यलाई उम्मेदवार बनाएको छ । तुम्वेवा गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा गोविन्द बहादुर तामाङ र उपाध्यक्षमा नन्द थिङलाई उम्मेदवार बनाएको छ । गठबन्धनले अध्यक्षमा बाबुराम खड्का र उपाध्यक्षमा खड्ग सुन्दर सम्वाहाम्फेलाई उम्मेदवार बनाएको छ । मिक्लाजुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा अमरराज पाख्रीन र उपाध्यक्षमा सन्तकुमार बस्नेतलाई उम्मेदवार बनाएको छ । पाँचथरमा अघिल्लो निर्वाचनमा छ वटा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका थिए । महिला आयोगको कार्यक्रममा समेत जिम्मेवार निकायबाट महिलाको उपस्थिती न्युन रहेको छ ।

आयोगका आयुक्त कृष्णकुमारी खतिवडाले भन्नुभयो, ‘पाँचथरमा पुरुष लिने र महिला दिने मात्र हुन जस्तो देखिएको छ । संविधानलाई राजनीतिक दलहरुले पालना गरेको देखिएन । जिल्लाका महिलाहरुमा राजनीतिक दलहरु प्रति महिलाको चरम असन्तुष्टि रहेको छ । निर्वाचनको सवालमा सम्बन्धीत निकायसँग छलफल गर्दा प्रतिष्पर्धा सम्मानजनक रहेको तर दलहरु जिम्मेवार नवन्दा महिलको अधिकार खोसिएको स्वीकार गरेका छन् ।’

एक लाख ४० हजार दुई सय २४ जना मतदाता रहेको पाँचथरमा ६६ हजार छ सय ४८ जना महिला मतदाता रहेका छन् । यसतै जिल्लाको आठबाट गाउँपालिकामा ६० वटा वडाहरु रहेका छन् । निर्वाचनको लागि १०१ मतदान स्थल रहेको छ भने १७६ मत केन्द्र रहेका छन् । संवैधानिक रुपमा महिला सदस्य, दलित सदस्य तथा खुल्ला सदस्यको व्यवस्था अनुसार नै निर्वाचन हुन लागेता पनि अध्यक्ष र उपाध्यक्षमा भने दलहरु गैरजिम्मेवार बनेको देखिएको आयुक्त खतिवडाले गुनासो व्यक्त गर्नुभयो । निर्वाचनमा भोट माग्ने क्रममा भने पुरुष भन्दा बढी महिलाको सक्रियता रहेको समेत उहाँले बताउनुभयो । अनुगमन टोलीले मोरङ, सुनसरी, झापा, इलाम हुँदै पाँचथर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले विहिवार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

एजेन्सी, ११ जेठ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले

काठमाडौँ, ११ जेठ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्य नियुक्त भएका छन्

काठमाडौँ, ११ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021