चितवन, २२ बैशाख । चितवनको भरतपुरमा आज सत्ता गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ ।
सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायतले सम्बोधन गर्नेछन् ।
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई अघि सारेको छ । कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।