निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, २२ बैशाख । प्रमुख  राजनीतिक  दलहरूले  नै  निर्वाचन  आचारसंहिताको  उल्लङ्घन  गरेको  पाइएको  छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा  मागेको  जवाफमा  प्रमुख  राजनीतिक  दलकै सङ्ख्या बढी छ । 

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी  पार्टी,  नेपाल,  नेकपा  (एकीकृत समाजवादी)   र   राष्ट्रिय   प्रजातन्त्र   पार्टी   छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको  पूर्ण  पालनाका  लागि  आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । 

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको  कानुन  तथा  राजनीतिक  दल व्यवस्थापन  महाशाखा  प्रमुख  एवं  सहसचिव  यज्ञप्रसाद  भट्टराईले  ३२  दल,  उम्मेदवार  तथा  पदाधिकारीसँग   जवाफ   मागिएको   जानकारी   दिए । उनले पाँच जनाको जवाफ अझै नआएको बताए  । पछिल्लो  पटक  आयोगले  नेकपा  (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्