काठमाडौँ, २२ बैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ ।देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान छ भने वाग्मती प्रदेशसहित मुलुकका विभिन्न भागमा चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । गएरातिदेखि काठमाडौँसहित मुलुकका विभिन्न भागमा वर्षा भएको छ ।