पहिरोमा पुरिँदा दुई बालकको मृत्यु

जुम्ला, २१ बैशाख । जुम्लामा पहिरोमा पुरिँदा दुई जना बालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज दिउँसो २ बजे तिला गाउँपालिका-२ स्थित रणबहादुर बोहराको घर बनाउँदै गरेको ठाउँमा पहिरो जादा उनकै तीन वर्षीय छोरा शिशिर चन्द र दलबहादुर राउतका छोरा हिमेशको मृत्यु भएको हो । 

घरको जग खन्ने काम भइरहेको थियो । तल दुई जना बालक खेल्दै गर्दा माथिबाट पहिरो खसेको हो । घटनापछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए। प्रहरीको टोली घटनास्थल पुग्दा बालकहरूको मृत्यु भइसकेको थियो। 

अहिले शव पोष्टमार्टमको लागि कर्णाली प्रदेश अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021