भक्तपुरमा एमालेको आक्रामक चुनावी अभियानः ‘चिरनिद्रा’मा गठबन्धन, क्लीन स्वीप बनाउने रणनीतिमा एमाले

भक्तपुर, २१ बैशाख । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले भक्तपुरले आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको छ । दैनिक रुपमा घरदैलो, जनताको माग, आवश्यकता, चाहना, गुनासोलाई एकमुष्ट रुपमा सम्बोधन गर्ने प्रतिवद्धताको साथ आफ्नो योजनाहरु तथा विभिन्न अन्य गतिविधिहरुलाई जनताको घर घरमा पुग्ने गरको छ । विगतको निर्वाचनमा समेत जिल्लाको सूर्यविनायक, मध्यपुर थिमी तथा चाँगुनारायण नगरपालिकामा आफ्नो जीत हासिल गर्न सफल भएको एमालले आगामी निर्वाचनमा समेत उक्त जीतको यात्रालाई अझ बढी व्यवस्थित तथा प्रभावकारी तवरले सुक्षित गर्ने अभियानमा रहेको छ ।

आफ्नो जीतलाई सुरक्षित राख्न एमालेले जिल्ला, नगरपालिका, वडामा निर्वाचन परिचालन कमिटी गठन गरी आक्रामक रुपमा चुनावी अभियानहरु सञ्चालन गरि खरायोको दौडमा रहेको छ भने गठबन्धनका दलहरु भने आफ्नो चुनावी अभियानमा सुस्त वा कछुवाको गतिमा रहेका छन् । चुनावी प्रचारलाई हेर्ने हो भने अघोषित रुपमा गठबन्धनले निर्वाचनको हार स्वीकारी सकेको बुझ्न सकिन्छ । एमाले भने गठबन्धनलाई जिल्लाबाट क्लीन स्वीप गर्ने रणनीतिका साथ अगाडी बढेको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको अभियानमा जनताको सहभागिता खासै रहेको छैन । अभियान सुस्ताएको छ । चुनावी अभियान सुस्ताउनुमात्र हैन, अभियानका क्रममा केही स्थानीयवासीले देश बेच्ने पार्टी कांग्रेसलाई भोट दिँदैनौं भनि उम्मेदवारलाई ठाडैं चेतावनी समेत दिएका छन् ।

यसै क्रममा एमालेले आज सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा चुनावी घरदैलो कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा बागमती प्रदेशका सांसद शशी जंग थापाको विशेष भूमिकामा एमालेका नगर प्रमुखका उम्मेदवार बाशुदेव थापा, उपप्रमुखका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार सानुकाजी कायस्तलगायतका उम्मेदवारको टोली तथा एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा चुनावी अभियान सञ्चालन गरिएको छ ।

त्यस्तै मध्यपुर थिमी नगरपालिका वडा नं. १ मा समेत चुनावी घरदैलो कार्यक्रम आयोजना गरिएको छ । जहाँ सांसद बस्नेतको नेतृत्वमा मध्यपुर थिमी नगरपालिकाको प्रमुखका उम्मेदवार मदन सुन्दर श्रेष्ठ, उपप्रमुखका उम्मेदवार उत्तरा नेपाल, वडा अध्यक्षका उम्मेदवारसहित सहस्यहरुको साथमा एमालेका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीले भरपुर मात्रामा र्यालीमा रहभागिता जनाउँदै आगामी निर्वाचनमा नगरपालिकाका मेयर, उपमेयर तथा वडाका जनप्रतिनिधिहरु एमालेमय बनाउने उद्घोष गरेका थिए । त्यस्तै चाँगुनारायण नगरपालिकाको एमालेको तर्फबाट प्रमुख विना बाँस्तोला, उपप्रमुखका उम्मेदवार रमेश बुढाथोकी, वडाध्यक्षका उम्मेदवार तथा सदस्यहरुको साथमा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

र्यालीका क्रममा उम्मेदवारहरुले स्थानीयवासीको आवाजलाई समेत सुन्नुभयो । जनताको गुनासो तथा विगतको गल्तीलाई सिकाइको रुपमा लिई आगामी दिनमा जनताको भावना, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नगरको विकासलाई प्राथमिकता दिईने एमालेका उम्मेदवारहरुले प्रतिवद्धता जनाउनुभयो । नगरको विकास र समृद्धिको लागि मिसन, भिजन, दृढता र लगनशिताका साथ अगाडी बढ्ने प्रतिवद्धताहरु जनाइएको छ । एमालेले मध्यपुर, सूर्यविनायक तथा चाँगुनारायण नगरपालिकामा गठबनधलाई क्लीन स्वीप बनाउने रणनीतिमा एमालेका आक्रामकता रहेको बुझिएको छ ।

र्यालीका क्रममा सांसद बस्नेतले भन्नुभयो, ‘हामीले विगतमा पनि जनताको चाहना, आवश्यकता र मागलाई ध्यानमा दिई भक्तपुरको विकासको नेतृत्व गर्यौं । एमलो बाहेकका दलहरुले दशकौं सम्म जिल्लाको नेतृत्व गर्दा जनताले विकास र समृद्धि हैन, आशै आसमा निरास बनेका थिए । तर एमालेले संघ, प्रदेश र स्थानीय तहको नेतृत्व पाँच वर्ष गर्दा जिल्लाको विकासले कायापलट ल्याएको छ । नमुना जिल्लाको रुपमा स्थापीत भएको छ । विभिन्न अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा स्थापीत हुँदै गएको छ । जिल्लामा एमालेको नेतृत्वमा चारै तर्फ विकास भएको मात्र देख्न पाइन्छ । यो नै हाम्रो आगामी चुनावको जीतको आधार हो । गठबन्धनलगायतका दलहरुले डाँडामा बसेर विकासको विरोध गर्दै भिरको चिण्डो जस्तो भएका छन्, विकासको योजना लिएर जनताको माझमा जाऔं भने विकासको मिसन, भिजन तथा दृष्टिकोण नै छैन, केवल छ त भ्रष्टाचार, किमशन, भूमाफिया, दलाल । एमालेले जनताको तिव्र विकास प्रतिको चाहनालाई सपनामा हैन, विपनामा रुपान्तरण गरिदिएको छ । त्यसैले केवल एमालेको विरुद्धमा लागेका पार्टीहरुले जानको नै भ्रम छर्ने, विकासको विरोध गर्नेमात्र हो । तर त्यो कुरा आम भक्तपुरवासी जनताले बुझ्नुभएको छ । राजनीतिक कसीमा छुट्याउनुहुनेछ, कुन सक्कली सुन हो, कुन नक्कली सनु हो । त्यसको नतिजा हेर्ने दिन अब टाढा छैन । गठबन्धनको अस्थित्व भक्तपुरमा समाप्त हुन्छ । चुनावी नतिजा क्लीन स्वीप हुनेछन् । कम्तिमा पनि दुई तिहाइ मतका साथ एमालेका उम्मेदवार विजयी हुनुहुनेछ । भक्तपुर जिल्ला एमालेको लालकिल्ला बन्नेछ र विकासले अर्को नयाँ अध्यायको शुरुवात गर्नेछ ।’

अभियानमा नेकपा एमाले जिन्दावाद, सूर्यविनयकवासी जनता के भन्छन्, एमालेलाई ले भन्छन्, नेकपा एमाले हाइ हाई, अरु पार्टी वाई वाई, समृद्ध नेपाल : सुखी नेपाली एमालेको अभिभारा, राष्ट्रघाती गठबन्धनलाई चोट, एमालेलाई भोटलगायतका नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021