काठमाडौँ, २१ बैशाख । थप १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ८ सय ८४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ७ सय १५ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।