प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरेका अन्यमा इन्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल रहेका छन् । छायाँनाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा उनीहरु सबै मिलेर २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021