काँग्रेसद्वारा भ्रातृ संगठनको अधिवेशन स्थगित गर्न निर्देशन

काठमाडौँ, २१ बैशाख । नेपाली काँग्रेसले केही भ्रातृसंघ संगठनहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन आसपास भातृ संस्थाहरुको अधिबेशन/महाधिवेशन सम्भव नभएकाले स्थगित गर्न अनुरोध गर्नुभएको छ ।

बिज्ञप्तिमा पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरु स्थानीय तह निर्वाचन परिचालन तथा प्रचार प्रसार लगायतका कार्यमा क्रियाशील रहेकोले केही भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुको पूर्व निर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्र्दभिक र सम्भव नदेखिएकोले निर्देशानुशार स्थगित गर्न भनिएको छ ।

विज्ञप्तिमा वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन खटिनुपर्ने भएकाले अधिवेशन सम्भव नहुने भन्दै पूर्वनिर्धारित अधिवेशनहरू स्थगित गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021