म्यादीको भाइरल भिडिओ बनाउने किशोर पक्राउ

काठमाडौँ, २१ वैशाख । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन् । 

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो

पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन् । तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराई म्यादी हुन् । भट्टराई नभएको बेलामा ती किशोरले पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी बताएको छ । 

म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको भन्दै दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ । 

केही दिन अघि उनले पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।  उनले भनेका छन्, ‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021