काभ्रे, २१ बैशाख । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनबारे थप विवरण आउने बाँकी रहेको प्रहरीले जनाएको छ ।