काठमाडौँ, २१ वैशाख । बालयौन दुराचार गरेको आरोपमा भोजपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा टेम्केमैयुङ गाउँपालिका–१, रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईले ती बालिकालाई गएको शनिबार दिउँसो पीडितकै घरमा यौन दुराचार गरेकोे किटानी जाहेरीपछि इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।