काठमाडौँ, २१ वैशाख । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदैछ । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने छ । आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँदछन् ।
वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको छ । पुल्चोकमा निर्माण गरिएको रथमा गएको आइतबार रातो मच्छिन्द्रनाथलाई रथारोहण गरेसँगै हेरक दिन दर्शनार्थीको भीड बढेको छ ।
नेपालकै लामो जात्रा मानिने मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको महामारीका कारण अघिल्ला दुई वर्ष सांकेतिक रुपमा मात्र गरिएको थियो भने यसवर्ष विगतमा झैं रथलाई पाटनको विभिन्न ठाउँमा तानेर सञ्चालन गर्न लागेको हो ।