काठमाडौँको एउटै वडामा १९ हजार मतदाता

काठमाडौँ, २१ वैशाख । काठमाडौँ महानगरपालिका देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो ।

त्यस्तै काठमाडौँ महानगरपालिका-३२ वडामा सबै भन्दा धेरै मतदाता रहेका छन । काठमाडौँको कोटेश्वर क्षेत्र पर्ने यो वडामा १८ हजार ९१३ मतदाता छन् । ०७४ सालमा ११ हजार ५५९ मतदाता रहोकोमा यस वर्ष सात हजार ३५४ मतदाता थपिए ।

यो वडामा ९ वटा मतदान केन्द्र तोकिएको छ । सबैभन्दा धेरै सरस्वती मावि मतदान केन्द्रमा ४ हजार २५६ मतदाता छन् । यस्तै आवास क्षेत्रको खेल मैदानमा ३ हजार ४३१ जना, कोटदेवी इङलिस बोर्डिङ स्कुलमा २ हजार २६१ मतदाता छन् ।

यो वडामा वडाध्यक्षका ७ जना र वडा सदस्यमा समेत गरी २६ जना उम्मेदवार छन् । ०७४ को स्थानीय निर्वाचनमा यो वडाको अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका थिए । उनले ५८७९ मत ल्याएका थिए ।  उनी यस पटक पनि उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छैनन् । नेकपा माओवादी केन्द्रबाट राम भारती, नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली, राप्रपाबाट विष्णुप्रसाद गजुरेल, जसपाबाट नमिता देव, विवेकशील साझा पार्टीबाट रवि रिमाल र स्वतन्त्रबाट ठगमाया कटवाल वडाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021