लिखु गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २१ वैशाख । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको छ ।

लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए । उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको