लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

काठमाडौँ, २१ वैशाख । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले  जानकारी दिए । 

उहाँका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021