काठमाडौँ, २० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनः आग्रह गरेका छन ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने तर दृष्य चाँही त्यस विपरीत आउने काम भए त्यो खतरनाक हुने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि सञ्चार माध्यमहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन ।
सामुदायिक रेडियो प्रसारक सङ्घले आज काठमाडौँमा जारी गरेको निर्वाचन आचारसंहिता सार्वजनिक गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्णपालना गरेर मात्रै चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने पनि स्मरण गराए ।