काठमाडौँ, २० बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २४ जना, ललितपुर १ जना र आज भक्तपुरमा भने थपिएको छैन । हाल काठमाडौँ उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६१ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, देशभर २१६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।