जुम्ला, २० बैशाख । चुनावका लागि जुम्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।
१५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनमा खटिने कर्मचारी र मतपत्र प्याकिङ समेत भइरहेको छ । यसैगरी निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफलका लागि बैठक समेत भएको छ ।
यहाँकाे एक नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । जसमा पुरुष ५ हजार ८४७ जना र महिला ५ हजार ९७३ रहेका छन । यस्तै सबैभन्दा कम मतदाता नामावली सङ्ख्या हिमा गाउँपालिकामा ६ हजार २८७ रहेको छ ।