काठमाडौँ, २० बैशाख । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य तथा नेपाली कांग्रेस तरुण दलका पूर्वक्षेत्रीय सभापति नीरज खड्का नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेपाल मार्सल आर्ट्स महासंघका पूर्वअध्यक्ष, भैँसेपाटीको ओम तेक्वान्दो डोजाङका संस्थापक अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिका वडा नम्बर–१८ का युवा नेता खड्का नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।
उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । ललितपुरबाट राजनीतिमा ख्याति कमाएका खड्का पार्टीको महाअधिवेशन प्रतिनिधि भई ६ वर्ष तत्कालीन सैँबुगाउँ कमिटी तरुण दलको अध्यक्षको जिम्मेवारी पद सम्हालेका थिए ।