काठमाडौँ, २० बैशाख । अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन् ।
प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै मन्त्री शर्माले लेखा व्यवसायीहरूले बाँझो जमिन बढ्दै जाने र खर्बौँको खाद्यवस्तु आयात किन हुन्छ भनेर खोज्नुपर्नेबताए
उनले भने, ‘गरिबी हुनुमा कहिले कहाँ त्रुटि भयो ? गरिबीको अडिट गर्नुपर्छ । यसको सही ढङ्गले अडिट गर्न नसकेमा गरिबि अन्त्य गर्न सकिन्छ ।’ यसैगरी, व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको समेत अडिट हुनुपर्ने उनको भनाइ छ । ‘त्यस्तो अडिट गर्न हामीले सकेनौँ भने समृद्धि आउँदैन,’ शर्माले भने, ‘बाँझो जमिन र कृषि उत्पादनको अडिट गर्नुपर्ने समय आएको छ ।’