भक्तपुर, २० बैशाख । जिल्लाको भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा छतबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथिबाट खसेर मृत्यु भएको । सोमबार साँझ छतबाट खसेर गम्भीर घाइते भएकी कुसाथाको मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।